निर्वाचनका बारेमा आयोगका पदाधिकारीसँग छलफलमा प्रधानमन्त्री

डिसी नेपाल
८ जेठ २०७८ ११:२५
240
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगसँग छलफल थालेका छन्। बालुवाटारमा अहिले छलफल जारी छ।

प्रमुख निर्वाचन आयुक्तसहित आएको आयोगको टोलीसँग निर्वाचनको आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा छलफल हुने जनाइएको छ।

छलफलमा  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरु बैठकमा सहभागी छन् भने उप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका नेता सुवास नेम्वाङ, पूर्व महान्यायाधिवक्ता अग्नि खरेल सहभागी सहाभागी छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *