राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै प्रधानमन्त्री ओली काँग्रेसप्रति आक्रोशित

डिसी नेपाल
८ जेठ २०७८ १६:४६
916
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति आक्रोशित बनेका छन्। शनिबार भर्चुअल रुपमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेसप्रति आक्रोश पोखे।

उनले काँग्रेसले शनिबार जारी गरेको औपचारिक वक्तव्यमा राष्ट्रपति विद्या भण्डारीलाई ‘तिमी’ भनेको भन्दै आक्रोश पोखे। उनले भने, ‘काँग्रेस सभापति शेरबहादुर देउवाले आज जारी गरेको औपचारिक वक्तव्यमा राष्ट्रपतिलाई देश प्रमुखलाई तिमी, गरिन्, भनिन् जस्ता शब्द प्रयोग भएका छन्।’

उनले काँग्रेसले असभ्य भाषा प्रयोग गरेको भन्दै देशप्रमुखलाई तपाई पनि भन्न नसकेको भन्दै सम्मानित भाषाबारे लामो व्याख्या गरेका थिए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १५ वर्षदेखि नेपाली जनतामाथि असभ्य भाषा प्रयोग गरेकोसमेत आरोप लगाउँदै काँग्रेसले पनि उनलाई गुरु मानेको भन्द कटाक्ष गरेका थिए।

प्रतिनिधिसभा विघटन गर्दै देशमा मध्यवाधि चुनावको घोषणा गरिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री ओलीको आलोचना गर्दै शनिबार बिहान वक्तव्य जारी गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *