माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

डिसी नेपाल
८ जेठ २०७८ १९:१९
656
Shares

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकले शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गर्ने २६ जना मध्ये ११ जनालाईमात्र स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोधिएको हो। उनीहरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

२६ जनाले हस्ताक्षर गरे पनि ती मध्ये केहीले हस्ताक्षर दुरुपयोग भयो भनेकाले उनीहरुसँग छुट्टै कुराकानी भइरहेको ज्ञवालीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *