‘देउवाले एमालेका सांसदको हस्ताक्षरमा दरखास्त हाल्नु पार्टीलाई कलंक’
काठमाडौं। सभापति शेरबहादुर देउवा माधव नेपाल समूहका २७ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि निवेदन हाल्न गएको भन्दै नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले आपत्तिजनाएका छन्।
घिमिरेले दलीय संसदीय परीपाटीमा विश्वास राख्ने कांग्रेसले पार्टीको यस्तो निर्दलीय चरित्रलाई प्रश्रय दिनु आफैंमा कंलक भएको बताएका हुन्।
सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै घिमिरेले भोलि यसैलाई आधार बनाएर कांग्रेसका सांसदलाई अरुले प्रयोग गरे कसरी विरोध गर्ने भन्दै प्रश्न गरेका छन्।
उनले लेलेका छन्, ‘२०५० सालमा सरकारको नीति तथा कार्यक्रममा नेकाका ३६ जना सांसदको अनुपस्थितिलिे गर्दा पारित हुन नसकी देशलाई मधयावधि निर्वाचनमा धकेलेको पीडाले बिग्रिएको नेपाली राजनीतिले अझै स्थिरता पाउन सकेको छैन। यसबारे जानीफकार आफै हुनुहुन्छ।’

No ads found for this position


डिसी नेपाल
Facebook Comment