संसद विघटन विरुद्ध सर्वोच्च जाने विपक्षी गठबन्धनको तयारी
काठमाडाैं। राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा बदर गर्ने मागसहित रिट निवेदन लिएर देउवासहित माओवादी अध्यक्ष प्रचण्ड,एमाले नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अदालत जाने एक नेताले जानकारी दिए।
त्यसका लागि सिंहदरबार कांग्रेस संसदीय दलकाे कार्यालयमा विपक्षी सांसदहरूलाई अहिले विहान ११ बजे बाेलाइएकाे छ।
विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए। तर दाबी नपुगेको भन्दै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन्।
यसअघि पनि पुस ५ गते प्रतिनिधि सभा विघटन गरिँदा सर्वाेच्च अदालतले प्रधानमन्त्री/राष्ट्रपतिको निर्णय उल्ट्याउँदै संसद् पुनःस्थापना गराएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment