माधव नेपाल समूहका नेताले दर्ता गरे नयाँ दल

डिसी नेपाल
९ जेठ २०७८ १०:५७
5.1k
Shares

काठमाडौं । निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ताका लागि निवेदन परेको छ। अनेरास्ववीयूका पूर्व नेता जीवन राई अध्यक्ष रहेको पार्टी दर्ता भएको तर, माधव नेपाल र झलनाथ खनाल अध्यक्ष भएको पार्टी दर्ता नभएको माधव नेपाल समूहका अनेरास्ववीयूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।

पराजुलीले भने, ‘हामी नयाँ पार्टीको प्रकृयाका लागि अगाडि बढी सकेका छौं। तर, दर्ता भएको छैन। अहिले जीवनजीको पार्टी मात्र  दर्ता भएको हो।’

अनेरास्ववियुका पूर्व नेता जीवन राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कमल राखिएको छ।

राई माधव कुमार नेपाल निकट नेता हुन्। अनेरास्ववियूको पशुपति क्याम्पसका पूर्व नेता राईले जेठ ७ गते दल दर्ताका लागि निवेदन दिएका हुन्।  पराजुलीले भने, ‘आज सर्वोच्चमा रिट निवेदन दिँदै छौं। दल दर्ताको प्रक्रिया त्यसभन्दा अगाडि गर्ने छौं।’

स्रोतका अनुसार नेकपा एकीकृतको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन्। कार्यसमिति २५ सदस्यीय रहेको छ।

पराजुलीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई पार्टीबाट निष्कासन गरेपछि नयाँ दल खोल्ने बताएका छन्।

एमाले फुटको संघारमा पुगेका बेला नयाँ पार्टी खोलेको चर्चाले अर्थपूर्ण रुपमा हेरिएको छ। नेकपा एमाले माधव नेपाल समूहका एक नेताका अनुसार यस अघि नै दल दर्ता भइसकेको र औपचारिक बाहिर आउन मात्र बाँकी रहेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *