संसद विघटन विरूद्ध साेमबार सर्वोच्चमा रिट दिने विपक्षी गठबन्धनको तयारी

डिसी नेपाल
९ जेठ २०७८ १५:३७
160
Shares

काठमाडौं। विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन्। त्यसका लागि बहुमत सांसदहरूकाे हस्ताक्षर संकलन भइसकेकाे माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए।उनले सोमबार बिहान १० बजे सर्वोच्चमा रिट दिइने बताए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार हस्ताक्षर गरेका १४९ जनाबाहेक अरूले पनि हस्ताक्षर गरेको बताए।

एमाले नेता माधव नेपाल पक्ष कतिजनाले हस्ताक्षर गरे भन्ने स्षट भइसकेकाे छैन। माधव नेपाल समूहका १८ जना सांसदले हस्ताक्षर गरेकाे दाबी गरिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *