आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउने बताएका छन। बालुटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले बजेट अध्यादेशबाट जेठ १५ मा आउने बताएका हुन।
हरेक वर्षको १५ जेठमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक दायित्व छ। सोही अनुसार एउटा कार्यक्रमकाबीच बजेट आउने प्रधानमन्त्री ओलीले जानकारी दिए। कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले बजेट कोरोना महामारीको प्रभाव र समस्यालाई समाधान हुन केन्द्रित हुने बताए।
राजनीतिक खिचातानीका कारण आगामी आर्थिक वर्ष २०७८÷७९ को पूर्व बजेट छलफल शुरू हुनै सकेन।
गत वर्ष २६ वैशाखदेखि शुरू भएको संसद्को बजेट अधिवेशनमा २८ वैशाखमा चालू आर्थिक वर्ष २०७७÷७८ का लागि बजेटको सिद्धान्त र प्राथमिकता तथा २ जेठमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment