अघिल्लो साताभन्दा यो साता कोरोना संक्रमितको संख्यामा कमी

डिसी नेपाल
९ जेठ २०७८ १७:४२

काठमाडौं । अघिल्लो साताको तुलनामा यो साता कोरोना संक्रमितको संख्यामा कमी आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा डा. अर्चना श्रेष्ठले अघिल्लो साताभन्दा यो साता संक्रमितको संख्यामा ५.७ प्रतिशतले कमी आएको जानकारी दिइन्।

आइतबार नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अघिल्लो साता संक्रमितको संख्यामा ९ हजारको हाराहारीमा वृद्धि हुने गरेको थियो ।

केही दिनअघिको संक्रिय संक्रमितको संख्यामा पनि कमि आएको छ । हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो हप्ता तीन वटा प्रदेशमा कम संक्रमण देखिएको छ। जसमा बाग्मती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बिनी १९.१ प्रतिशतले संक्रमण घटेका छन् ।

बाँकी प्रदेशहरूमा भने अघिल्लो साताभन्दा यो सातामा संक्रमण बढेको पाइएको छ। प्रदेश २ मा गत साताको तुलनामा यो साता १०५.१ प्रतिशतले संक्रमण बढेको छ। यस्तै, कर्णाली प्रदेशमा २९.१, सुदुरपश्चिम प्रदेशमा ९.६ र प्रदेश एकमा २६.८ प्रतिशतले संक्रमित थपिएका छन् । थोरै संख्यामा वृद्धि भएकाले चार वटा प्रदेशमा संक्रमण बढ्दा पनि देशभर भने संक्रमण घटेको छ।

मनत्रालयका अनुसार कम्तीमा ५० वटा जिल्लामा व्यापक रूपमा संक्रमण फैलिरहेको छ। नेपालमा बिगत बर्षभन्दा ३ गुणा बढी संक्रमित फैलने दर रहेको छ ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १९३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ३४६ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *