जसपा विवाद निर्वाचन आयोग पुग्यो, ठाकुरले लेखे पत्र

डिसी नेपाल
९ जेठ २०७८ १७:५१

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विवादको विषय निर्वाचन आयोग पुगेको छ। जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यावद समूहबीचको विवाद निर्वाचन आयोग पुगेको हो। अध्यक्ष महन्थ ठाकुरले आइतबार निर्वाचन आयोगलाई पत्र लेखेर जसपा कार्यकारिणी समितिको बैठक नबसेको र गोप्य रुपमा बसेको भनिएको बैठकको कुनै आधिकारिता नभएको दावी गरेका छन्।

यसअघि शनिबारउपेन्द्र यादव समूहले जसपा कार्यकारिणी समितिको बैठक गरेको थियो। र सो बैठकले महन्थ ठाकुरलगायत ४ जनालाई नेतालाई कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

यसअघि दुबै अध्यक्ष ठाकुर र यादवले सँयुक्त वक्तवय जारी गर्दै ८ र ९ गतेका लागि कार्यकारिणी बैठक बोलाइएको बताएका थिए। तर, त्यहिबीचमा सरकार गठन प्रक्रियामा ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीके समर्थन गरे भने यादवले काँग्रेस सभापति शेरबहादुर देउवाको।

यसरी जसपामा बढ्दै गएको विवादका बीच दुई समूह स्पष्ट रुपमा विभाजित भइरहेका बेला शनिबार यादव समूहले महन्थ समूहमाथि कारबाही गर्ने निर्णय लिएको थियो। त्यसपछि आइतबार ठाकुरले यो विषयलाई निर्वाचन आयोग पुर्याएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *