नागरिकता अध्यादेश आपत्तिजनकः कमल थापा

डिसी नेपाल
९ जेठ २०७८ १८:५७
1.2k
Shares

काठमाडौं। राप्रपाका अध्यक्ष कमल थापाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता ऐन संशोधन अध्यादेश आपत्तिजनक भएको भन्दै फिर्ता लिन माग गरेका छन्। उनले ट्वीटरमा अध्यादेशबारे टिप्पणी गरेका हुन्।

अध्यक्ष थापाले नागरिक अध्यादेश राष्ट्रपहित विपरित रहेको भन्दै भत्र्सनासमेत गरेका छन्। उनले भनेका छन्, ‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछु। यो राष्ट्रहित विपरित र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ।’

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको स्वागत गरेका थापाले अध्यादेशमा भने सरकारको विरोध गरेका हुन्।

जसपाको सहयोग लिन ओली सरकारले नागरिकता अध्यादेश ल्याएको हो। अध्यादेशले जन्मसिद्ध अधिकारमा नागरिकता दिने र आमाको नाममामात्र नागरिकता भए पनि वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरेको छ।

यो अध्यादेशको तराई क्षेत्रबाट स्वागत गरिएको छ भने अन्यले आलोचना गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *