ठाकुरसहित ४ जना नेतालाई स्पष्टीकरण सोध्ने उपेन्द्र समूहको निर्णय

डिसी नेपाल
९ जेठ २०७८ २३:३०
76
Shares

काठमाडौं। जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आइतबार सकिएको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो। सो बैठक ठाकुर समूहले भने बहिस्कार गरेको थियो। बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यस्तै बैठकले पार्टीको कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ। बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।

ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी समेत बैठकले दिएको छ। संसदीय दलको नेतामा महतो चयन भएको विषयलाई पनि बैठकले अस्वीकार गरेको छ।

उता ठाकुरले निर्वाचन आयोगलाई आइतबार नै पत्र लेखेर पार्टी कार्यकारिणी समितिको बैठक नबसेको जानकारी दिएका छन्। उनले आफूहरुले बैठक बस्ने भने पनि कोरोना महामारीका कारण बैठक स्थगित गरिएको जिकिर गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *