संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट

डिसी नेपाल
१० जेठ २०७८ १४:५१
112
Shares

काठमाडौं। विपक्षी  गठबन्धने  तत्काल संसद पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि परमादेशको मागदाबी गरेका छन्।

सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका गठबन्धनका नेताहरुको रिटमा देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति कार्यालय शीतलनिवासका नाममा परमादेशको माग गरेका छन्।

जेठ ७ गते संविधानको धारा ७६ ९५० अनुसारको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष १ सय ४९ सांसदलले हस्ताक्षर बुझाएका थिए।

तर, सो दाबीलाई राष्ट्रपतिले खारेज गरेर सोही मध्यराति नयाँ सरकार बन्ने दाबी नपुगेको भन्दै केपी शर्मा ओली सरकारको सिफारिसमा संसद भंग गरेर निर्वाचनको मिति तोकेपछि उनीहरु असन्तुष्ट हुँदै अदालतमा प्रधानमन्त्री नियुक्तिको माग लिएर मुद्दा दर्ता गर्न पुगेका हुन्।

रिट निवदेनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधवकुमार नेपाल पक्षका २३, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षक १२ र राष्ट्रिय जनमोर्चाकी एक  गरी १४६ जना सांसदले हस्ताक्षार गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *