पार्टीबाट निकाल्नु हास्यासपद : भीम रावल

डिसी नेपाल
१० जेठ २०७८ १९:४०
1.6k
Shares

काठमाडौं। नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी सोमबार पार्टीले कारबाही गरेपछि नेता भीम रावलले त्यसलाई हास्यासपद भनेका छन्। उनले आफूहरुमाथिको कारबाही केपी गुटको फुटवादको निरन्तरता भएको बताएका छन्।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले स्थायी किमटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेतबाट निष्कासन गरेको थियो।

पार्टीबाट निकालिएपछि ट्वीट गर्दै रावले यस्तो टिप्पणी गरेका हुन्। उनले भनेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *