बुद्ध जयन्तीका अवसरमा नेपालका लागि नेपाली पार्टीको शुभकामना, ‘भ्रष्टचारी, झुटको खेती र हिंसाको राजनीति गर्नेबाट टाढै रहौँ

डिसी नेपाल
१२ जेठ २०७८ १०:१९

काठमाडौं । नेपालका लागि नेपाली पार्टीले बुद्धको २५६५ औं जन्मजयन्ती, किराँतहरुको साकेला उभौली पर्व र गुरू गोरखनाथ पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ।

पार्टीका प्रवक्ता विजयप्रकाश मिश्रले आज विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएका छन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘ हामी सबै साथमा छौं । यी पर्व र उत्सवहरुमा हाम्रो सधैं साथ, सहयोग र सहभागिता रहने छ’।

नेपालमा बसोबास गर्ने सबै धार्मिक समुदायको सहअस्तित्व रहनेगरी सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउने लक्ष्यलिएर पार्टीको स्थापना भएको र यसले धार्मिक र साँस्कृतिक पर्यटनको विकास गरी रोजगारी सृजनागर्ने सोच राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा बुद्धको पञ्चशील उपदेशको स्मरण गर्नु पर्ने बताइएको छ। ‘बुद्धले हामीलाई दिनु भएको पञ्चशीलको उपदेशलाई हामी स्मरण गर्न चाहन्छौं।’

पञ्चशील उपदेशमा बुद्धले भनेका छन्, ‘चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु, बुद्धको उपदेशलाई अनुशरण गर्नका लागि अहिलेका भ्रष्टचारी, झुटको खेतीगर्ने, हिंसाबाट राजनीतिमा आउन चाहनेहरुबाट परैबस्न सम्पूर्ण नेपालीजनलाई अनुरोध गर्न चाहन्छौ’, विज्ञप्तिमा भनिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *