स्थायी कमिटीलाई चुनौती दिँदै सुदूरपश्चिम सरकारलाई समर्थन कायम राख्ने एमाले निर्णय

डिसी नेपाल
१२ जेठ २०७८ १४:०९

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एमालेले माओवादीलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो।

नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सो निर्णयपछि सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बसेको थियो। सोही बैठकले तत्काललाई सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय हाे।

प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ। माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना प्रदेशसभा सदस्य छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *