चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपालका दलहरुको भर्चुअल बैठकः कोरोनाविरुद्धको खोपका लागि पहल

डिसी नेपाल
१२ जेठ २०७८ १६:३८

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) र नेपालका राजनीतिक दलहरुबीच कोरोना महामारी नियन्त्रणका विषयमा बुधबार छलफल भएको छ। भर्चुअल माध्यमबाट भएको छलफल नेपालमा कोरोना महामारीलाई नियन्त्रण लिने विषयमा केन्द्रित रहेको थियो।

छलफलका क्रममा चिनियाँ सत्तारुढ पार्टी सीसीपीले नेपाललाई कोरोनाविरुद्धको लडाइँमा गरिने सहयोग घोषणा गरेको छ। सीसीपीका अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन झोउले अध्यक्षता भएको सीपीसीका मन्त्री सोङ ताओलेले लिखित भनाइ राखेका थिए।

सो क्रममा चीनले हाइड्रोजन अक्सिजन जेनेरेटर सहयोग गर्ने घोषणा गरेको छ। छलफलमा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा एमाले महासचिब ईश्वर पोखरेल, नेकपा माओपादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस विदेश विभाग प्रमुख नारायण खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, र नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे र राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा सहभागी थिए।

कार्यक्रममा उपप्रधानमन्त्री तथा एमाले महासचिब पोखरेलले कोरोनाविरुद्धको लडाइँमा चीनले गरेको सहयोग प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सहयोग निरन्तर हुने विश्वास व्यक्त गरेका थिए।

छलफलका क्रममा प्रचण्डले कोरोनाविरुद्धको लडाइँमा चीन र नेपाल मिलेर काम गर्नुपर्ने भन्दै उनले चीनले नेपाललाई खोप सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए। साथै प्रचण्डले उत्तरी छिमेकी चीनको सहयोग नेपालको अर्थंतन्त्र पुनःउत्थानमा पनि हुने अपेक्षा गरेका थिए।

यस्तै काँग्रेस विदेश विभाग प्रमुख खड्काले तत्कालिन प्रधानमन्त्री तथा कााग्रेस सभापति वीपी कोइरालाले चीनको भ्रमण गरेयता सीसीपीसँग नेपाली काँग्रेसको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कोरोनाविरुद्धको लडाइँमा चिनियाँ सहयोगका लागि धन्यावाद दिए। उनले अझै चीनबाट सहयो हुने विश्वास व्यक्त गरे।

यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले चीनले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नुपर्ने धारणा राखेका थिए। राप्रपाका अध्यक्ष राणा र नेमकिपाका अध्यक्ष विजुक्छेले पनि खोपलाई केन्द्रमा राखेर आफ्नो भनाइ राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *