गोकर्ण र योगेशसहित माधव समूहका १५ नेताको सँयुक्त वक्तव्यः ओलीविरुद्ध एकजुट हुन आव्हान (पूर्णपाठ)
फाइल
काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहका १५ नेताले बुधबार सँयुक्त वक्तव्य जारी गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुन आव्हान गरेका छन्। साविकको एमालेको स्थायी कमिटीमा रहेका १५ जना नेताहरुले सँयुक्त वक्तव्य जारी गरेका हुन्। पछिल्लो दिनहरुमा माधव समूहबाट टाढिएका भनिएका गोकर्णराज विष्ट र योगेश भट्टराईको पनि सो वक्तव्यमा नाम उल्लेख छ।
उनीहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका ११ जना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेकोमा भत्र्तसनासमेत गरेका छन्। साथै ओलीले पार्टी र देशलाई स्वेत्छाचारी कमदबाट चलाएको भन्दै कडा आलोचना गरेका छन्। उनीहरुले ओलीका कदमविरुद्ध एकजुट हुन एमालेका नेता तथा कार्यकर्ताहरुलाई पनि आव्हान गरेका छन्। उनीहरुले वक्तव्यमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण र सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गर्नुको प्रष्टीकरणसमेत दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment