काेराेना महामारीका बेला सडक आन्दाेलनमा जानु अपराध हुन्छ : सभापति देउवा

डिसी नेपाल
१३ जेठ २०७८ १४:३४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको महामारीका बेला सडक आन्दोलनमा नजाने बताएका छन्। नेपाल प्रेस यूनियनको ३०औँ वार्षिक उत्सवका अवसरमा भर्चुअल आयोजना गरिएको कार्यक्रमलाई सम्बोधान गर्दै देउवाले यस्तो महामारीमा सडक आन्दोलनमा गए अपराध हुने बताएका छन्।

सम्बोधनका क्रममा देउवाले भने, ‘अहिले कोरोनाका कारण सडकमा जान सकिएको छैन, यस्ता बेलामा झन् कोभिड फैलिन्छ, त्यो अपराध गर्नुहुन्न, हाम्रो पनि मानवीय दायित्व हुन्छ, त्यसैले मैले जनतामा नजाऔं भनेको छु।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि एमाले भित्रकै माधव नेपाल समूहसहित विपक्षीहरुले सर्वोच्च अदालतमा रिट हालेका छन्।

सभापति देउवाले राष्ट्रपतिले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु न्याय खोज्न अदालत जानुपरेको बताए। सर्वोच्च अदालतले न्याय गर्ने उनको बुझाइ छ।

उनले भने, ‘राष्ट्रपतिजस्तो मान्छेले, प्रधानमन्त्रीले भनेको मान्न हुन्थेन, प्रधानमन्त्रीले त ग-यो ग-यो, राष्ट्रपतिले गर्न हुन्थेन, त्यसैले हामी अदालत गएका छौं, मलाई विश्वास छ अदालतले न्याय गर्छ ।’

राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक हस्तक्षेप गरेर मुलुकमा राजनीतिक संकट पैदा गरेको देउवाको ओरोप छ। उनले आफूहरु १ सय ४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबीसहित राष्ट्रपति कार्यालय पुगे पनि सांसदहरुको दोहोरो समर्थन परेको भन्दै नियुक्ति दिन अस्वीकार गरेको बताए।

उनले भने, ‘त्यस्तो बेलामा सोध्न सकिन्थ्यो। दोहोरो परेको भन्ने कुराले संसद विघटन गर्न सहयोग पुग्यो।’ राष्ट्रपतिले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा साथ दिन नहुने देउवाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *