सबै दललाई चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आव्हान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दललाई चुनावका लागि सरकारमा आउन आव्हान गरेका छन् ।
शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले विपक्षी दल र आफ्नै पार्टीका केही व्याक्तीले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।
उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे ।
संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गरेको धारणा उनले राखे
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment