प्रभावशाली चारदेशका प्रमुखबीच अनलाइन सम्मेलन हुँदै

डिसी नेपाल
१४ जेठ २०७८ २२:५९

मस्को । प्रमुख चार प्रभावशाली मुलुकका नेताहरुबीच अनलाइन सम्मेलन हुने भएको छ ।

सम्मेलनमा जर्मनीकी चान्सलर एंगेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी हुने भएका हुन् ।

दक्षिण कोरियाले आयोजना गर्न लागेको सम्मेलन वातावरणका विषयमा केन्द्रीत हुने अधिकारीले जनाएका छन् ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अधिकारीहरुले कोरोना महामारीका कारण सम्मेलन अनलाइन मार्फत गर्नु परेको शुक्रबार जानकारी दिएका छन् ।

हरित बृद्धि र विश्व लक्ष्यका लागि सहभागीता (पि फोर जी) सोल सम्मेलनको सञ्चालन दक्षिण कोरियाका राष्ट्रपति मुनले गर्ने कार्यक्रम तालिका बनाइएको छ ।

सम्मेलन यही आइतबार र सोमबार हुने तय भएको छ । सम्मेलनमा चार देशका कार्यकारी प्रमुखसँगै ६० जनाभन्दा बढी नेता र उच्च तहका सरकारी अधिकारीहरु पनि सहभागी हुने जनाइएको छ । ती मध्ये केही अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायका अधिकारीहरु पनि रहने छन् ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङ भने सहभागी नहुने भएको अधिकारीहरुले बताएका छन् ।

वासिङ्टन र बेइजिङ्को तर्फबाट भने राष्ट्रपतिका जलवायु तथा वातावरण सम्वन्धी प्रतिनिधिहरु सहभागी हुने तय भएको छ ।

हरित बृद्धि र विश्व लक्ष्यका लागि सहभागीता ९पि फोर जी० विश्वभरी वातावरण तथा अर्थमैत्री दिगो बृद्धिका लागि सहयोग गर्ने उद्धेश्यले बनाइएको अन्तर्राष्ट्रिय मंच हो । यसको पहिलो सम्मेलन गत सन् २०१८ मा डेनमार्कमा भएको थियो ।
–––




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *