सैनिकको गल्तीले अमेरिकाका आणविक हतियारको गोप्य सूचना इन्टरनेटमा छरपस्ट

डिसी नेपाल
१५ जेठ २०७८ १५:३६

काठमाडौं। अमेरिकी सैनिकको गल्तीका कारण अमेरिकाका अत्यन्तै खतरनाक आणविक हतियारहरु सम्बन्धी अत्यन्तै गोप्य जानकारी इन्टरनेटमा छरपस्ट भएको छ । लिक भएका जानकारीमा अमेरिकाका यी शक्तिशाली परमाणु बमहरु कहाँ कहाँ राखिएका छन् भन्ने जानकारी समेत छ । डेलीमेलका अनुसार अमेरिकी सैनिकहरुले आफ्नो प्रक्षिणका क्रममा यी आणविक हतियारबारे जानकारी टिपोट गर्नका लागि अनलाइन लर्निङ एपको प्रयोग गर्दा यसरी जानकारी लिक भएको हो ।

अमेरिकी सैनिकहरुले यी आणविक हतियारबारे गोप्य जानकारी आफूले सम्झिनका लागि टिपोट गर्न अनलाइन एप प्रयोग गरिरहेका थिए तर उनीहरुलाई यसरी एपमा राखिएको जानकारी इन्टरनेटमा अरुले पनि हेर्न सक्छन् भन्ने थाहा भएन । परमाणु हतियार राखिने युरोपेली सैन्य अड्डामा तैनाथ सैनिकहरुले जन्जानमै कैयौं संवेदनशील जानकारीलाई ती एपमार्फत सार्वजनिक गरिदिए । अहिले अमेरिकी परमाणु हतियार सम्बन्धी शीर्ष जानकारीहरु अनलाइनमा सर्च इन्जिनकै माध्यमबाट खोज्न सकिन्छ ।

सार्वजनिक रुपले प्रदर्शित भएका जानकारीहरुमा परमाणु हतियारका वर्गीकृत स्थान र गुप्त कोडसमेत छन् जुन अमेरिकी सेनाका सदस्यहरुले प्रयोग गर्छन् । शेयर भएका जानकारीमा अध्ययन सहायक सामग्री अत्यन्त विस्तृत छ । यसमा पूरै युरोपमा सुरक्षा र परमाणु उपकरणका विशिष्ट स्थानको बारेमा जानकारी छ । सैनिकहरुलाई एक बेसभित्र कुन कुन बेसमेन्टमा परमाणु हतियार छन् र कुन कुन खाली छन् भन्ने स्मरण होस् भनेर प्रयोग गरिने सूचना लिक भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *