‘रवीन्द्र अधिकारी विमानस्थल’ नामप्रति योगेश भट्टराई असन्तुष्ट

डिसी नेपाल
१६ जेठ २०७८ ११:३६
596
Shares

काठमाडाै। सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने भनेपछि पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले  असन्तुष्टि जनाएका छन्।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन्।

‘ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ,’ पूर्वपर्यटनमन्त्री भट्टराईले भनेका सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुन सक्छ। असल काम पनि असल नियत र सही प्रक्रिया गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्दछ।’

२०७५ साल फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्नेभिरमा एयर डायनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *