अस्ट्रेलियामा मुसा महामारी घोषित, भारतसँग माग्यो ५ हजार लिटर विष

डिसी नेपाल
१६ जेठ २०७८ १५:५५

काठमाडौं। विश्व कोरोनाभाइरस महामारीसँग जुधिरहेको बेला अस्ट्रेलियासरकार भने अर्को महामारीसँग पनि जुधिरहेको छ । मुसाको आतंकबाट जुधिरहेको अस्ट्रेलिया सरकारले मुसालाई महामारी घोषित गरेको छ । अस्ट्रेलियामा खेतबारीमा अनाज बर्बाद गरिरहेका मुसाहरु अहिले घरमा पनि पस्न थालेका छन् । मुसाहरुले बिजुलीको तार काटिरहेका छन् जसका कारण घरमा आगो लागिरहेको छ । मुसाले सुतिरहेका मानिसहरुलाई टोक्न समेत थालेका छन् ।

मुसा आतंकबाट हैरान भएको सरकारले मुसालाई महामारी घोषित गर्दै भारतसँग ५ हजार लिटर ब्रोमेडिओलोन विषको माग गरेको छ । यो विष मुसा मार्न प्रयोग गरिन्छ । न्यू साउथ वेल्समा मुसाको संख्या अत्याधिक बढेका कारण माउस प्लेग घोषित गरिएको छ । कृषि मन्त्री एडम मार्शल काअनुसार मुसाहरु खेत, घर, छत, फर्निचरदेखि स्कुल, अस्पतालसमेतमा पसिरहेका छन् । एडमले भने ‘यदि हामीले वसन्तसम्म मुसाहरु मार्न सकेनौं भने न्यू साउथ वेल्स आर्थिक, सामाजिक संकटमा पर्न सक्छ ।’

अस्ट्रेलियाका किसानहरुले वर्षा भएपछि उनीहरुको फसल राम्रो हुने र कमाइ हुने अपेक्षा गरेका थिए । तर, मुसाहरुले उनीहरुको सपना चकनाचुर पारिदिएका छन् । ब्रुस बार्न्स नामका एक किसानका अनुसार उनले बोगन सिटी नजिकै आफ्नो खेतमा बाली लगाएर एक प्रकारले जुवा खेलिरहेका छन् । उनले भने ‘हामी केवल खेली लगाइरहेका छौं र आशा मात्र गरिरहेका छौं कि मेहनत खेर नजाओस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *