दोस्रो पटक एमाले स्थायी कमिटी बैठक स्थगित

डिसी नेपाल
१७ जेठ २०७८ ९:२६
60
Shares

काठमाडौं। आज विहान बस्ने तय भएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनमा स्थायी कमिटी सदस्यहरु गएका कारण स्थायी कमिटी बैठक स्थगित भएको हो।

स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, छविलाल विश्वकर्मालगायतका नेता निर्वाचनमा गएका कारण बैठक स्थगित भएको हो।
यसअघि आइतबार साँझ पाँच बजे बैठक बस्ने तय भएको थियो।

तर अन्तिम अवस्थामा आएर बैठक सोमबार विहान दश बजेसम्मका लागि स्थगित भएको थियो। अब बैठक मंगलबार विहान ११ बजे बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *