भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

डिसी नेपाल
१७ जेठ २०७८ १४:११
272
Shares

नयाँ दिल्ली। कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन्। भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।

तर भारतमा दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन। मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार १२८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ। यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख २९ हजार १०० जनाको ज्यान गएको छ।

भारतमा हाल कोभिड–१९ का २० लाख २६ हजार ९२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ३८ हजार २२ ब्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

भारतमा हालसम्म ३४ लाख ३१ हजार ५४ हजार व्यक्तिको कोरोना परिक्षण गरिएको सरकारी स्रोतले जानकारी दिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कूल २१ करोड ३१ लाख ५४ हजार डोज खोप लगाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *