सेयर बजार एकै दिन ४५ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
काठमाण्डौं। पछिल्लो समय लगातार बढिरहेको सेयर बजार परिसूचक नेप्से सोमवार (आज) भने भारी अंकले घटेको छ। सोमबार कारोबार भएका सबै कम्पनीको सेयर राताम्मे भएपछि नेप्से ४५ दशमलव २५ अकंले घटेर २७ सय ८२ दशमलव ६८ विन्दुमा बन्द भएको छ।
यस दिन बैंकिङ समूहको सेयर १९ अंकले घटेको छ। यस्तै व्यापारको एक सय ६८, विकास बैंकको ५७ अकं, जलविद्युतको एक सय २९ अंले, निर्जीवन बीमाको तीन सय ८० अकं, जीवन बीमाको तीन सय ५६ अकं र उत्पादन समूहको सेयर एक सय तीन अकंले घटेको छ।
सोमबार कारोबार रकममा समेत गिरावट आएको छ। आइतवार १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा सोमवार १३ अर्ब ९० करोड रुपैयाँ बराबरको तीन करोड आठ लाख कित्ता सेयर खरिद बिक्री भयो।
समग्र बजार घटे पनि राधी जलविद्युत् र सेन्ट्रल फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment