कोरोनाको नेपाली भेरिएन्ट युरोपमा फैलिएको र खोप प्रतिरोधी भएको भन्दै बेलायतमा त्रास

डिसी नेपाल
२० जेठ २०७८ १२:०६

काठमाडौं। कोरोनाभाइरसको नेपाली भेरिएन्टका कारण बेलायत सरकार चिन्तामा परेको बेलायती ट्याब्लोइड अखबार डेलीमेलले दावी गरेको छ । लामो समयसम्म विभिन्न प्रतिबन्ध लगाएपछि अहिले विस्तारै खुकुलो बनाउँदै जाने बेलायती सरकारको नीतिलाई नेपाली भेरिएन्टले प्रभाव पार्ने जोखिम भएको समाचारमा जनाइएको छ । अखबारले समाचारको शीर्षकमै ‘हाम्रो विदामा नेपाली भेरिएन्टको जोखिम’ लेखेको छ ।

रिपोर्टमा वैज्ञानिकहरुले बेलायती मन्त्रीहरुलाई नयाँ म्युटेन्ट भेरिएन्टको बारेमा सचेत गराइसकेको दावी गरिएको छ । यो नयाँ म्युटेन्ट भेरिएन्ट नेपालमा उत्पत्ति भएको मानिएको छ र यो अहिले युरोपमा फैलिएको छ । वैज्ञानिकहरुलाई यो भेरिएन्ट खोप प्रतिरोधी हुन सक्ने डर भएको रिपोर्टमा जनाइएको छ । तर, बेलायत सरकारको साइन्टिफिक एडभाइजरी ग्रुप फर इमरजेन्सी (साग) कमिटीका एक सदस्यले भने अधिकारीहरु यो भेरिएन्टलाई लिएर धेरै चिन्तित हुनु नपर्ने भनेका छन् । उनले भने ‘यहाँ हजारौं भेरिएन्टहरु छन् । यो एउटा भाइरस हो र यो परिवर्तन भइरहेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *