एक महिना मेलम्चीको पानी नआउने
फाइल फाेटाे।
काठमाडौं। काठमाडौंमा वितरण हुँदै आएको मेलम्ची खानेपानी आयोजनाको पानी करिब एक महिना नआउने भएको छ। हाल परीक्षणका क्रममा रहेको सो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंका धारामा आउने गरेको थियो।
तर असार १ गतेदेखि करिब १ महिना धारामा मेलम्चीको पानी नआउने भएको हो। मेलम्ची खानेपानी आयोजनाले असार १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने जनाएको छ। आयोजनाका अनुसार हाल परीक्षणमा रहेको वितरणको अवधि असार १ मा सकिँदै छ। फागुन १० बाट सुरुङमा पानी हालेर परीक्षण शुरु गरिएको थियो। तीन महिनाको परीक्षण अवधि सकिएको छ। र असार १ गतेदेखि सुरुङ खाली गराउन थालिने छ
। सुरुङ खाली भएपछि इन्जिनियरहरुले सुरुङको परीक्षण गर्नेछन्। कुनै त्रुटी नभेटिए फेरि पानी वितरण शुरु हुनेछ। यदि त्रुटी फेला परेमा निर्माण कम्पनीले फेरि मर्मत गर्नुपर्ने हुन्छ।सुरुङ खाली भएपछि परीक्षण गर्न कम्तिमा १० दिन लाग्ने आयोजनाले जनाएको छ।
मेलम्चीको पानी नआउने भएपछि काठमाडौंमा पानीको अभाव हुनसक्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment