मुख्यमन्त्री राउतद्वारा ढुङ्गा, बालुवा र गिट्टीसम्बन्धी नीति सच्याउन आग्रह

डिसी नेपाल
२० जेठ २०७८ २०:१४
28
Shares

जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले बजेट वक्तव्यमार्फत ल्याइएको ढुङ्गा ,बालुवा र गिट्टी निकासीको नीति सच्याउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री राउतले सङ्घीय सरकारको निर्णयले प्रदेश नं. २ का भू—भाग मरूभूमिकरण भई जनताको बिल्लीबाठ हुने जनाउँदै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

चुरे क्षेत्र वालुवा गिट्टीको स्रोत नभई प्राकृतिक सम्पदामा समेत धनी भएको उल्लेख गर्दे उनले प्रदेश सरकार मातहत रहेका वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकाले चुरे दोहनले यी प्राकृतिक सम्पदाले वासस्थान गुमाउने बताए ।

मुख्यमन्त्री राउतले प्रदेश नं. २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड यस प्रदेशको रक्षा कवचका रूपमा रहेको उल्लेख गर्दै उक्त नीति नसच्याइएमा प्रदेश सरकारले आवश्यक निर्णय लिने जनाएका छन् ।

अर्थ मन्त्रालयले भने वातावणरीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन र प्रकृति संरक्षण हुने गरी उक्त कार्यक्रम ल्याएको स्पष्ट पारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *