जुवा खालमा प्रहरीले छापा मार्दा भाग्न खोज्ने एकजना लडेर गम्भीर घाइते

डिसी नेपाल
२१ जेठ २०७८ १८:३६
1.1k
Shares

काठमाडौं । प्रहरीले काठमाडौको न्यरोडस्थित एक जुवा खालमा छापा मार्दा एक जना जुवाडे घरको छतबाट भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका छन्। प्रहरीले काठमाडौंको न्युरोडमा जुवा खेलिरहेका १५ जनालाई पक्राउ गर्ने क्रममा एक जना घरको छतबाट हाम्फालेर भाग्न खोजेका थिए।

उनी छतबाट तल खसरे गम्भीर घाइते भएको र उनलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाइको छ। बाफलका ४५ वर्षीय ज्ञानभक्त बलामीलाई पक्राउ गर्न खोज्दा उनी भाग्न खोजेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले १५ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट १३ लाखभन्दा बढी रकम बरामद भएको छ। पक्राउ पर्नेमा काठमाडौंको मनहरा कागेश्वरी नगरपालिका–८ का ४९ वर्षीय विनोद कार्की, काभ्रे घर भई बौद्ध बस्ने ३३ वर्षीय अजय लामा, तारकेश्वर–४ का ४३ वर्षीय मुरारी भण्डारी, रामेछाप घर भई भक्तपुरको कौशलटार बस्ने २५ वर्षीय विशाल चौलागाईं छन्।

यस्तै, मकवानपुर घर भई कलंकी बस्ने २९ वर्षीय राजु मोक्तान, बूढानीलकण्ठ–१ का ४० वर्षीय छिरिङ लामा, काठमाडौं–२२ का ५७ वर्षीय सुमन कार्की, धादिङ घर भई सतुंगल बस्ने ३० वर्षीय भरत इटानी, रामेछाप घर भई गोठाटार बस्ने ४२ वर्षीय कल्याण कार्की पक्राउ परेका छन्।

यस्तै, गोरखा घर भई सीतापाइला बस्ने ३३ वर्षीय कुमार लामिछाने, ललितपुर–१७ का ४८ वर्षीय नरेन्द्र महर्जन, सप्तरी घर भई टेकु बस्ने ४० वर्षीय सुमन खड्का, काठमाडौं–१८ का पञ्चनारायण महर्जन रहेको परिसर काठमाडौंले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *