बुढालिकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच डेढ घण्टा छलफल

डिसी नेपाल
२४ जेठ २०७८ १८:०२

काठमाडौं। प्रमुख तीन विपक्षी नेताहरुबीच सोमबार पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको हो।

उनीहरुबीच करिब डेढ घण्टा भएको छलफलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव राखेपछि सिर्जना भएको नयाँ परिस्थितिबारे छलफल भएको स्रोतले जनायो।

सर्वोच्च अदालतमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेशको माग गर्दै दायर रिटमा एमालेका माधव समूहका २३ जना विघटित प्रतिनिधिसभाका सांसदहरुको हस्ताक्षर छ। एमाले अध्यक्ष ओलीले सो हस्ताक्षर लिनुपर्ने शर्तसहित पार्टी एकताका लागि प्रस्ताव गरेका छन्। यसले एमालेमा नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ। यद्यपी माधव समूहले अध्यक्ष ओलीको सो प्रस्तावलाई अस्वीकार गरिसकेको छ।

तीन नेताबीच साढे ३ बजेबाट ५ बजेसम्म छलफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *