बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

डिसी नेपाल
२७ जेठ २०७८ ६:५९

काठमाडाै। बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आह्वान गरेसँगै आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएकाे हाे।

नीति तथा कार्यक्रम सार्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठक आह्वान गरेका थिए।

बैठक जेठ २७ गते अपराह्न ३ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभाको गत जेठ १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको थियो। सो छलफलपछि बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *