सुशील कोइराला मेमोरियल आइसोलेसन सेन्टर

डिसी नेपाल
२७ जेठ २०७८ ८:१९
4
Shares

काठमाडाैं । यसैबीच काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरमा प्रस्तावित सुशील कोइराला मेमोरियल अस्पतालमा आइसोलेशन सेन्टर स्थापना गरिएको छ। प्रदेशसभा सदस्य श्रेष्ठको सक्रियतामा आइसोलेशन सेन्टर स्थापना गरिएको हो।

सेन्टरमा महानगरपालिकाको वडा नं. १०, ११ र २९ का कोरोना सङ्क्रमितलाई राखिने छ। यस क्षेत्रमा कोरोना सङ्क्रमित भई घरमै आइसोलेशनमा बस्नेलाई पनि अस्पतालका तर्फबाट नर्सिङलगायत चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालका कार्यकारी निर्देशक डा रूपनारायण शाहले बताए।

आइसोलेशन सेन्टरलाई व्यवस्थित बनाउन वडा नं १० का अध्यक्ष रामकुमार केसी, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार (काका) लगायत वडा सदस्य, समाजसेवी एवं बुद्धिजीवीले पनि सहयोग गर्ने गरी सहयोग समितिसमेत बनाइएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *