सिन्धुपाल्चोकमा मेलम्ची खानेपानीको ड्याम फुट्यो, केही बेपत्ता (भिडियो)
काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको ड्याम फुटेको छ। अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित खानेपानीको ड्याम फुटेको हो।
मनसुन शुरु भएसँगै अविरल वर्षाका कारण आएको बाढिको कारण इन्द्रावती हाइड्रोमा ठूलो क्षती भएकोको र हेलम्बुको मेलम्ची खानेपानीको सिरमा रहेको नाकुतेको पुल समेत बगाएको स्थानीय वासीले जानकारी दिएका छन्। अहिले इन्द्रावतीमा पानीको बहाव बढ्ने क्रम जारी छ ।
खोला वर परका गोठ, टहरा र खेत समेत बाढीले बगाएको छ। लार्केमाथि पहिरो आई खोला बन्द भएको र एक्कासी खोलामा बाढी आएको स्थानीय फुर्वा लामाले जानकारी दिएका छन्। उनले केही स्थानीय बाढीमा बेपत्ता भएको उनले जानकारी दिएका छन्। बाढीले हेलम्बु मेलम्चीघ्याङ र सेतिघ्याङ जोड्ने चोक्पुखोलाको पुल बगाएको छ।
बाढीले पुर्याएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बाढीले हेलम्बुमा केही क्षति गरेको जानकारी प्राप्त भए पनि विस्तृत विवरण प्राप्त भइनसकेको जानकारी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment