प्रसिद्ध रुम म्यागजिनको कार्यवाहक सम्पादकमा नेपाली महिला नियुक्त

डिसी नेपाल
२ असार २०७८ ९:५२

काठमाडौं। प्रसिद्ध साहित्यिक म्यागजिन रुमको कार्यवाहक सम्पादकमा नेपाली महिला सृष्टि उप्रेती नियुक्त भएकी छिन् । म्यागजिनले उप्रेतीलाई कार्यवाहक सम्पादकको रुपमा घोषणा गर्न पाउँदा आफूहरुको टिम खुसी भएको बताएको छ । काठमाडौंकी सृष्टि नेपाली लेखिका हुन् जो अहिले क्यानडाको भ्यांकुभरको मस्किममा बस्दै आएकी छिन् ।

म्यागजिनकी अहिलेकी सम्पादक जेसिका जोन्स रुम म्यागजिनमै एक स्वयंसेवी पदमा रहने गरी स्थानान्तरिक भएकोले सृष्टिलाई कार्यवाहक सम्पादक बनाइएको म्यागजिनले जनाएको छ । उप्रेती अहिले युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियामा मास्टर्स अफ फाइन आर्टसकी क्यान्डिडेट हुन् जहाँ उनी अहिले आफ्नो पहिलो उपन्यास लेखन पूरा गर्नेतर्फ अगाडि बढिरहेकी छिन् । सृष्टिले रुममा प्रवेश गर्न पाउँदा आफू निकै उत्साहित भएको प्रतिक्रिया दिएकी छिन् ।

रुम म्यागजिन मुख्य रुपमा महिला केन्द्रित साहित्यिक म्यागजिन हो र यसमा महिला लेखक तथा आफूलाई निश्चित लिंगको आधारमा पहिचान दिलाउन नचाहने लेखकहरुका साहित्यिक सृजनाहरु प्रकाशित हुन्छन् । वेस्ट कोस्ट फेमिनिस्ट लिटररी म्यागजिन सोसाइटीले १९७५ मा क्यानडाको भयांकुभरमा स्थापना गरेको यो म्यागजिनले अहिलेसम्म ३ हजारभन्दा धेरै फरक लेखकहरुका रचना प्रकाशित गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *