झिमरुक नदीले निर्माणाधीन पक्की पुल भत्कायो

डिसी नेपाल
३ असार २०७८ १९:२६
104
Shares

झिमरुक । प्युठानको ऐरावती गाउँपालिका – १ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं ७ जोड्न झिमरुक नदीको पक्की पुल बाढीले भत्काएको छ । रु सात करोड १३ लाखका लागतमा माझीदमारमा पुल निर्माणाधीन थियो ।

सडक डिभिजन कार्यालय इन्जिनियर अरुण केसीका अनुसार अमर कन्ट्रक्सन प्राली काठमाडौँले निर्माणको जिम्मा पाएको थियो । विसं २०७३ पुसमा सम्झौता भइ गत असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सत्तरी मिटर लम्बाइ रहेको पुलको ३५ मिटर स्लाब यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको स्लाब ढलान चार दिनअघि सम्पन्न भएको जनाइएको छ ।

“लठ्ठा प्रविधिको पुल भएकाले ढलान सम्पन्न भएको १४ दिनमा लठ्ठा राखेर तन्काउने चलन हुन्छ,’’ उनले भने ।, “लठ्ठा राख्न तयार भइनसकेको अवस्थामा थियो ।” बाढीले फर्मा बगाउँदा पुल भत्किएको उनको भनाइ थियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *