एमाले महासचिव पोखरेलद्वारा विकास योजनाको निरीक्षण

डिसी नेपाल
४ असार २०७८ १९:०२

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट यसअघि निर्वाचित पोखरेलले सो नगरपालिकाको वडा नं ६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नं ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलानलगायत विकास योजनाको जानकारी लिएका हुन् ।निरीक्षणका क्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले स्थानीयवासीसँग अन्तरक्रिया गरेका थिए ।

नेता पोखरेलले केही दिनअघि बूढानीलकण्ठ ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाको पनि निरीक्षण गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *