काँग्रेस महाधिवेशनको नयाँ मिति तोकियो (कार्यतालिकासहित)

डिसी नेपाल
४ असार २०७८ २१:०२
360
Shares

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका संशोधन भएको छ। काँग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको छ।

यसअघि महाधिवेशन भदौ ७ देशदेखि १० काठमाडौंमा १४ औं महाधिवेशनको मिति तोकिएकोमा अब सो मितिमा महाधिवेशन नहुने भएको छ। महाधिवेशनको नयाँ मिति भदौ १६ देखि १९ का लागि तय गरिएको छ। महाधिवेशनको मिति परिवर्तन गरिएसँगै गाउँ, वडा, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको मिति पनि परिवर्तन भएको छ।

यस्तो छ कार्यतालिका

१ वडा अधिवेश २०७८ साउन १२ गते।

२ गाउ नगर अधिवेशन २०७८ साउन १६ गते।

३ प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७८ साउन २० गते।

४ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १ मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन २०७८ साउन २३ गते।

५ १ भन्दा वढि निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन २०७८ साउन २६ गते।

६ प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते।

७० केन्द्रीय महाधिवेशन २०७८ भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *