मेलम्ची नदीमा फेरि बाढी

डिसी नेपाल
४ असार २०७८ २१:५५

काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ। गत मंगलबार मेलम्ची र इन्द्रावातीमा बाढी आउँदा हेलम्बु गाउँपालिका र मलेम्ची नगरपालिकामा व्यापक क्षति पुर्याएको थियो। विहीबार नदीको जलस्तर घटेकोमा शुक्रबार बेलुका फेरि नदीमा जलस्तर बढेको छ।

मेलम्ची इप्रकाले नदीमा बाढी आएकोले सबैलाई सचेत रहन आग्रह गरिएको जनाएको छ। मेलम्ची र इन्द्रावतीमा आएको बाढीका कारण दोलालघाटसम्म प्रभाव पारेको छ। गत मंगलबार रातिको बाढीले हेलम्बु र मेलम्चीमा गरी करिब १२ सय मानिसहरु विस्थापित भएका छन् भने २७२ घर परिवार प्रभावित भएका छन्। करि डेढ सय घर बाढीले बगाएको छ। विहीबारसम्म सो बाढीमा परी ५ जनाको मृत्यु भइसकेको छ भने १२ जना हराइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *