न्याय सम्पादनमा ढिलाइ, २९६ मुद्दा फैसलाका प्रतीक्षामा

डिसी नेपाल
४ असार २०७८ २२:०७

दोलखा । समयमै न्याय सम्पादन हुन नसक्दा जिल्ला अदालत दोलखामा मुद्दाको चाङ लागेको छ । अहिले २९६ मुद्दा फैसला हुन बाँकी छन् ।

बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि नै नयाँ मुद्दा दर्ता नगरेपनि चालू आर्थिक वर्षमा दर्ता भएका ५८६ मुद्दामध्ये २९० वटा मात्रै फैसला भएका छन् । गत चैतदेखि प्रहरीले ल्याएका अभियोग पत्र मात्र दर्ता हुने गरेको जिल्ला अदालतका नायब सुब्बा कृष्ण प्रसाद पौड्यालले बताए । उनले निषेधाज्ञा अवधिमा सजाय निर्धारण गर्ने ५ वटा मुद्दा, पक्राउ, स्वीकृती तथा अनुमति, कल डिटेल माग र म्याद थपको मात्र सुनुवाई भएको जानकारी दिए ।

नेपाल वार एशोसिएशन दोलखाका पूर्वअध्यक्ष कृष्णबहादुर बस्नेतले प्रमाण बुझ्न बाँकी भएका कारण मुद्दा फैसला हुन ढिलाई भएको हुन सक्ने बताए । “सम्बन्ध बिच्छेदका मुद्दा जिल्ला अदालत दोलखामा धेरै दर्ता छन”, उनले भने, “ती मुद्दाहरु दर्ता भएको एक वर्ष नपुगी फैसला नहुने हुँदा ढिलाई भएको देखिएको मात्र हो ।” न्यायाधीश र कर्मचारी गरी चार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हुँदा न्याय सम्पादनमा केही ढिलाई भएको उनको भनाइ छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *