नबिल बैंक र युनाइटेड फाइनान्सको विशेष सभा आज

डिसी नेपाल
५ असार २०७८ ११:२४

काठमाडौं। नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको विशेष सभा संयूक्त रुपमा शनिबार (आज) हुँदैछ।

कम्पनीहरुको सभा आज बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअलमार्फत सञ्चालन हुनेछ।

यसअघि जेठ २० गते दुवै कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार सभाको समय तय गरिएको थियो। सोही अनुसार आज सभा लागेको हो।

दुवै कम्पनीले प्राप्ति सम्बन्धि विशेष प्रस्तावलाई पारित गर्ने छन। सभामा युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *