विजय मल्लसम्बन्धी दुई ग्रन्थ लोकार्पित

डिसी नेपाल
२० वैशाख २०८३ १९:३६

काठमाडौं। वरिष्ठ नाटककार विजय मल्लसँग सम्बन्धित दुई ग्रन्थ आज लोकार्पण गरिएको छ। नइ एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीले डा साधना पन्त ‘प्रतीक्षा’कृत ‘नारीवादी नाटककार विजय मल्ल’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईंद्वारा लिखित ‘विजय मल्ल’ नामक जीवनीकृतिको लोकार्पण गरे।

विजय मल्ल शताब्दी महोत्सव समापनका अवसरमा ती कृति विमोचन गरिएको हो। नइ एकेडेमीबाट प्रकाशित ती कृतिबारे प्रा केशव सुवेदीले समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए। समारोहमा ग्रन्थकार डा साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईंले स्रष्टा विजय मल्लको योगदान र कृतिबारे प्रकाश पारे थियो।

महोत्वसका क्रममा विजय मल्लका सिर्जनात्मक कृतिको संवद्र्धनमा उल्लेखनीय योगदानका लागि नेपाल तथा भारतका ४५ प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदकबाट विभूषित गरिएको थियो। सुविख्यात नाटककार, आख्यानकार तथा कवि मल्लको १९८२ सालमा जन्म भई र २०५६ सालमा निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *