कोरोना महामारीकाबीच ललितपुरमा रक्तदान
काठमाडौं । ललितपुरको इमाडोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रगत अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस भन्दै शुभश्री टोल विकास संस्था र नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा न.. १, २, ३, ४ समन्वय समितिको संयुक्त आयोजनामा रक्तदान गरिएको थियो।
ब्लड डोनर्स एसोसियसन नेपाल, राष्ट्रवादी केन्द्र नेपाल र रक्तसञ्चार सेवा भक्तपुरको प्राविधिक सहयोगमा रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन्। कोरोनाको महामारीबीच गरिएको ५२ वटा रक्तदान मध्ये सबै भन्दा बढी इमाडोलमा भएको रक्तसञ्चार सेवा भक्तपुरले जानकारी दिएको छ।
नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदन अमात्यको प्रमुख आतिथ्यतामा स्वास्थ्यका मापदण्ड अपनाएर रक्तदान कायक्रम सम्पन्न भएको थियो। नेपाली कांग्रेसका कार्यकर्ता र स्थानीयले रक्तदान गरेका थिए।
जिल्ला सभापति अमात्यले रक्तदाताहरुको प्रशंसा गर्दै सामाजिक कार्यबाट नै नेपाली कांग्रेसले जन्म लिएको र युवा पुस्ताले कांग्रेसको नाम उच्च पार्ने काम गरेको प्रतिक्रिया दिएका थिए।




No ads found for this position


डिसी नेपाल
Facebook Comment