सुनको मुल्य घटेर तोलामा ९० हजार पुग्यो – Dcnepal

सुनको मुल्य घटेर तोलामा ९० हजार पुग्यो

काठमाडौं। साताको पहिलो दिन आइतबार (आज) सुनको मुल्य घटेको छ।आइतबार सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोाले ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ कायम छ।

आइतबार चाँदीको मुल्यमा पनि १५ रुपैयाँले गिरावट आएको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो