निर्वाचन आयोगले महन्थ समूहलाई भन्योः १५ दिनभित्र जवाफ दिनू
काठमाडौं। जनता समाजादी पार्टी (जसपा)को विवाद निर्वाचन आयोगमा पुगिरहेका बेला आयोगले जसपाको एक समूह महन्था ठाकुर समूहलाई १५ दिनभित्र जवाफ पेश गर्न भनेको छ। जसपाका एक अध्यक्ष उपेन्द्र यादव समूहले राजनीतिक दल सम्बन्धी नियामवलीको दफा ४४ को उपदफा १ अनुसार जसपामा आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि आयोगले सो विषयमा ठाकुर पक्षसँग जवाफ मागेको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले डिसी नेपालसँग भने, ‘एक पक्षले आधिकारिता दावी गरेपछि अर्को पक्षलाई यो विषयमा के हो? भनेर जवाफ माग्ने आजको निर्णय हो।’ आयोगको बैठकले ठाकुर पक्षसँग जवाफ माग्ने निर्णय गरेको हो। उपेन्द्र समूहले ५१ सदस्यीय कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले जसपामा दावी गर्र्दै आयोगमा निवेदन दिएको छ।
उता ठाकुर समूहले पनि कार्यकारिणी समितिमा रहेका उपेन्द्र समूहका नेताहरुलाई हटाउँदै आफूपक्षीय नेताहरुलाई मनोनित गरेका छन्। र सो विषयमा आयोगलाई जानकारी दिएका छन्। तर, आयोगले यो विषयमा कुनै निर्णय भने गरेको छैन। उपेन्द्र सहूले दलमाथि नै दावी गरेकाले आयोगले सोही विषयमा ठाकुर पक्षसँग जवाफ मागेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment