आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो

डिसी नेपाल
८ असार २०७८ ६:३२
272
Shares

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ। केही खुकुलो व्यवस्थासहित एक हप्ताका लागि निषेधाज्ञा आजदेखि लागू भएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सँयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको थियो।

आजदेखि उपत्यका निजी सवारी साधान जोडविजोड प्रणालीअनुसार सञ्चालन गर्न पाइनेछ।

यस्तै पसलहरु पनि बार अनुसार खोल्ने व्यवस्था गरिएको छ। आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपूर्जाका पसल खोल्न पाइने छ।

यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने निर्णय गरिएको छ। बार अनुसार खुल्ने पसल बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइने छ। खाद्यान्न, फलफूल र तरकारी पसल भने यसअघि नै दैनिक बिहान ११ बजेसम्म खुलिरहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *