थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

डिसी नेपाल
८ असार २०७८ १७:०१

काठमाडौं। गत २४ घण्टामा नेपालमा ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ९५४ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २०४ पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ७०९ परीक्षण गर्दा ८१९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ४१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५२ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *