पौडेलले बोलाए आफू निकट नेताहरुको बैठक
फाइल फाेटाे
काठमाडौं। महाधिवेशनको मिति नजिकएसँगै काँग्रेसका सभापति आकांक्षीहरुले छलफललाई तिब्रता दिइरहेका सभापतिका अकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफू निकट नेताहरुसँग परामर्श गर्न लागेका छन्। परामर्शका लागि पौडेलले विहीबारको साइत रोजेका छन्। उनले विहीबारका लागि बैठक बोलाएका हुन्। विहीबार दिउँसो २ बजेका लागि बैठक बालाइएको पौडेल निकट स्रोतले जानकारी दियो।
काँग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म हुँदैछ। सभापतिका आकांक्षी सभापति शेरबहादुर देउवाले सातै प्रदेशका आफू निकट नेताहरुसँग प्रदेशस्तरीय छलफल गरिसकेका छन्। उता अर्का अकांक्षी विमलेन्द्र निधिले पनि छलफललाई तिब्रता दिएका छन्। उनले सोमबार आधा दर्जन युवा नेताहरुसँग छलफल गरेका थिए। उनले महामन्त्री डा. शशांक कोराइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग पनि छलफल गरेका छन्।
काँग्रेसमा कम्तिमा ९ जना नेताहरु सभापतिका आकांक्षी छन्। अहिले देउवा र निधि निकै सक्रिय देखिएका छन्। पौडेलले पनि विहीबार परामर्शलाई शुरु गर्न लागेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment