क्रोएसियामा ४ जना नेपालीको कागजपत्र खोसेर तलब नदिइ काम लगाउने व्यक्ति पक्राउ

डिसी नेपाल
१० असार २०७८ ९:२१

काठमाडौं। क्रोएसियामा ४ जना नेपाली नागरिकको कागजपत्र खोसेर उनीहरुको गैरकानुनी बसोवास स्थितिको नाजायज फाइदा उठाउँदै उनीहरुलाई तलब नदिइ काममा लगाउने एक क्रोएसियन व्यक्ति पक्राउ परेका छन् । उनले ती नेपालीहरुका लागि आफूले कामको अनुमति दिलाइदिने र त्यसपछि उनीहरु स्वतन्त्र रुपले बस्न सक्ने आश्वासन दिएर ती व्यक्तिले नेपालीहरुको शोषण गरेका थिए । क्रोएसियाको भिस सहरका ती व्यक्तिलाई हिरासतमा लिएर कारवाही अगाडि बढाइएको मोरस्कीले जनाएको छ

५८ वर्षका ती व्यक्तिले गैरकानुनी रुपमा मानव तस्करी गरेको आशंकापछि त्यहाँको स्प्लिट डाल्मेसिया पुलिस विभागको संगठित अपराध सेवाका अधिकारीहरुले उनीमाथि अनुसन्धान पूरा गरेको समाचारमा जनाइएको छ । ती व्यक्तिले ४ नेपालीहरुलाई पारिश्रमिक बिना काममा लगाउनका लागि उनीहरुको गैरकानुनी बसोबास, नियमन नगरिएको काम गर्ने अनुमति र कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको र डिसेम्बर २०२० देखि २० जुन २०२०१ सम्म बिना तलब काममा लगाएको अनुसन्धानमा पाइएको छ ।

अनुसन्धानमा पाइएअनुसार उनले ती नेपालीलाई कुनै पारिश्रमिक दिएका थिएनन् र खराब ठाउँमा राखेका थिए । उनले नेपालीहरुलाई भिसको एक टापुमा लगेर उनीहरुलाई जबरजस्ती काममा लगाइ शोषण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *